काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रूपैयाँले बढेको हो ।
सोमबार २ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
तोलामा ८५ रूपैयाँले बढेर चाँदी ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



