काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढेको छ। अघिल्लो साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार १ हजार ३०० ले घटेको सुन आज २९ सयले बढेको हो । नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६०० कायम भएको छ।
शुक्रबार सोही परिमाणको सुन २ लाख ४१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य ३ हजार १०० पुगेको थियो।
