काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
