काठमाडौं । आज मंसिर १ गते नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
