काठमाडौं । आज तोलामा दुई हजार रुपेयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ । गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज घटेको छ । चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ घटेर तीन हजार दुईसय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्इ तीन हजार तीनसय ४० रुपैयाँ पुगेको थियो ।
