काठमाडौं । स्थानीय बजारमा शुक्रबार (आज) सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ । बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँ पुगेको छ ।



