काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुनस् सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो ।
यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन् । आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन् ।



