रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा आइतबार जिल्लाको सदरमुकाम गौरमा भूमि विधेयक र गौर राईस मिलमा भएको घटनाविरुद्ध विशाल विरोध प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनमा जसपा नेपालका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, युवा संगठन, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विरोध र्याली गौर बजारको विभिन्न मुख्य सडक परिक्रमा गर्दै मधेशी क्रान्ति बि।पि चोक अगाडि कोणसभा गरिएको हो ।
कोणसभामा बोल्दै जसपा नेपालका जिल्ला अध्यक्ष पूर्व मेयर राजीव रन्जन उर्फ राजु यादव , भूमि विधेयकले भूमिहीन किसान, सुकुम्वासी र दलित समुदायका अधिकार खोस्ने काम गरेको हो । सरकारले यो विधेयक तुरुन्त फिर्ता लिनुपर्छ। त्यस्तै, गौर राईस मिलमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने हाम्रो जोडदार माग रहेको छ।”
कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि आक्रोश व्यक्त गर्दै भने, यदि सरकार गम्भीर नभए जसपा नेपालले देशव्यापी चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
प्रदर्शनका क्रममा भूमि विधेयक खारेज गर१ू, भूमिहीन किसानको हक खोस्न पाइँदैन१ू, गौर राईस मिल घटनाका मुख्य योजनाकार लाई कारबाही गर१ू जस्ता नारा घन्किएका थिए ।



