काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । बिहीबार सुन प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
