वीरगञ्ज । पुर्वमन्त्री तथा संघिय सांसद माननीय रमेश रिजालले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन भ्रमणको साथै बिहान को भोजन सेवा स-प्रेम योगदान गर्नु भएको छ, आउने दिनमा आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।
आजको कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, मानवसेवा आश्रमका अभिभावक -सामाजिक अभियन्ता प्रकाश थारु, पुर्व मन्त्री संघिय सांसद माननीय रमेश रिजाल, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, JCI BIRGUNJ का अध्यक्ष सरोज चौरसियाको उपस्थिति रहेको थियो ।
यस अघि वहा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा बिभिन्न सहयोगी दाताको सहयोगमा एउटा पिक अप गाडी मानवसेवा आश्रमलाई उपलव्ध गराउनु भएको थियो ।
