काठमाडौं । बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँ पुगेको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला २३ सय २५ रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार २३ सय ४० रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढी हो।
