काठमाडौं । नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री प्रचण्डका कारण मुलुकमा अस्थीरता उत्पन्न भएको बताउनुभएको छ । मंगलबार राष्ट्रियसभा बैठकमा ढुंगानाले पटक पटक सरकार परिवर्तन गरेर प्रचण्डले मुलुकमा अस्थीरता निम्ताएको बताउनुभएको हो ।
प्रधानमन्त्रीलाई संसद भंग गर्ने यसअघिको अधिकार अहिले हटाएको र एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने व्यवस्था गरिएपनि पटक पटक सरकार परिवर्तन गर्ने काम मुलुकको हितमा नरहेको उहाले बताउनुभयो । उहाले प्रधानमन्त्रीको कदम र बोलेका कुराले व्यवस्था विरोधी शक्तिहरुलाई बल पुराउने काम भएको जिकिर गर्नुभयो । ढुंगानाले मुलुकमा कुनैपनि दुर्घटना भए त्यसको भारी प्रधानमन्त्रीले बोक्नुपर्ने धारणा राख्नुभयो ।
