काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस–एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले कांग्रेस–एमाले गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै गठबन्धन र सरकारमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
पटक पटक सत्ता समिकरण बनाउने कामले मुलुकलाई राजनीतिक स्थीरता नदिने भएकाले राजनीतिक अस्थीरताका कारक रास्वपा नवन्ने उहाले बताउनुभयो । उहाले अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार परिवर्तन हुने प्रक्रिया अघि बढेपछि स्वाभाविक रूपमा बाहिरिने जिकिर गर्नुभयो ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानले भ्रष्टाचारबिरुद्धको फाइल खोल्दा दलहरुबीचको सहमति एकरातपछि टिक्न नसकेको जिकिर गर्नुभयो । उहाले कांग्रेस–एमालेको बेचैनीलाई संविधान संशोधनलाई कारण बनाइएको आरोप लगाउनुभयो ।
