काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तलाई स्वस्थ बनाउनको लागि सरकारले गम्भीर पहलकदमी लिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चासोको विषय भएको भन्दै सरकारले गम्भीर पहलकदमी लिएको बताउनुभएको हो ।
उहाले लघुवित्तलाई गरिवमुखी बिपन्न नागरिक र महिलाहरुको आर्थिक उथ्थान गर्ने माध्यमको रुपमा अघि बढाउनुपर्ने र राष्ट्र बैैकले उचित निगरानी गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री महतले ऋण तिर्न नपर्ने भन्दै नागरिकको भावनामाथि खेल्न खोजिएको भन्दै यसलाई चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेको उहाले बताउनुभयो । उहाले यसमा सवै प्रतिवाद गर्न तयार हुनुपर्ने र सरकार पनि चूप लागेर नबस्ने स्पष्ट पार्नुभयो । मन्त्री महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको जिकिर गर्नुभयो ।



