काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उहाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउनुपर्ने बताउनुभएको हो ।
बिभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको रकम गैरकानूनी रहेको भन्दै यसमा संलग्न सवैलाई बयान लिनुपर्ने र कानून बमोजिम कारवाहीको सिफारिस गर्ने उहाले बताउनुभयो ।
थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाले सदनमा प्रस्तुत भएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ती रेकर्डबाट हटाउन माग गर्नुभयो ।



