काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
