वीरगञ्ज । वीरगञ्जमा चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ परेकी महिलाको साथबाट एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरनजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो ।
बरामद गरगहनाको मूल्य चार लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
