झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमले ती महिलाको शल्यक्रिया गरेका हुन् ।झापा विर्तामोड भन्दा करिब १० किलोमिटर पूर्वदक्षिण घर भएकी महिलाको पेट अस्वाभाविक तरिकाले बढ्न थाल्यो । तर उनी गर्भवती भने भएकी थिइनन् । केही अप्ठ्यारो हुन्जेल उनले कसैलाई भनिनन् । चिकित्सककहाँ पनि गइनन् ।
तर जब पेट दुख्न थाल्यो उनी झापा बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल पुगिन् । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. एकराज गौतमलाई उनले आफ्नो समस्या देखाइन् । डा. गौतमले सिटि स्क्यान गर्ने सल्लाह दिए त्यसपछि उनको पाठेघरमा ट्युमर रहेको पत्ता लाग्यो ।
गृहपृष्ठ मुख्य समाचार समाजकोशी प्रदेश मुख्य समाचार स्वास्थ्यबिर्तामोडको मनमोहन अस्पतालमा एक महिलाको पाठेघरबाट निकालियो ६ केजीको ट्युमरImage of उमाकान्त खनालउमाकान्त खनाल२२ घण्टा पहिले235Sharesfacebook sharing buttonsharethis sharing buttonझापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट ६ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ ।स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतमले ती महिलाको शल्यक्रिया गरेका हुन् ।झापा विर्तामोड भन्दा करिब १० किलोमिटर पूर्वदक्षिण घर भएकी महिलाको पेट अस्वाभाविक तरिकाले बढ्न थाल्यो । तर उनी गर्भवती भने भएकी थिइनन् । केही अप्ठ्यारो हुन्जेल उनले कसैलाई भनिनन् । चिकित्सककहाँ पनि गइनन् ।तर जब पेट दुख्न थाल्यो उनी झापा बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल पुगिन् । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. एकराज गौतमलाई उनले आफ्नो समस्या देखाइन् । डा. गौतमले सिटि स्क्यान गर्ने सल्लाह दिए त्यसपछि उनको पाठेघरमा ट्युमर रहेको पत्ता लाग्यो ।डा. गौतमले शल्यक्रिया गरेर महिलाको पाठेघरमा रहेको ट्युमर निकाल्ने निर्णय लिए ।
सोमबार ती महिलाको पाठेघरबाट अस्वाभाविक तरिकाले बढिरहेको ट्युमर डा. गौतमले निकाले । शल्यक्रिया गरेर निकालेको ट्युमर करिब ६ केजीको रहेको डा. गौतमले बताए ।उनले भने, ‘पहिला त यति ठूलो ट्युमर छ भन्ने लागेको थिएन ।
तर अस्वाभाविक पाइयो । तौल गर्दा ठ्याक्कै ६ केजी रहेछ ।’ अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. गौतमले बताए ।बिर्तामोडमा रहेको मनमोहन ममोरियल सामुदायिक अस्पतालमा यस्ता जटिल किसिमका शल्यक्रिया हुने गरेका छन् ।यस्ता जटिल किसिमका समस्या आउँदा तत्काल चिकित्सकसंग परामर्श गर्न पनि डा. गौतमले आग्रह गरेका छन् ।



