काठमाडौं । ललितपुरमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा आइतबार एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार मृत्यु हुनेको नाम तिल्सरी खड्का हो, जो रुकुम घर भएकी ५५ वर्षीया महिला हुन् ।
घाइते हुनेमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन् । उनीहरूलाई उपचारका लागि मेसडसिटी अस्पतालमा लगिएको छ।घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
