काठमाडौं । हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ २२५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि पछिल्ला तीन कारोबार दिनयता घटिरहेको छ ।
