काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा फरार थिए ।
उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ। उनी एन्फा छिर्नुअगाडि नै फरार सूचीमा थिए । दावालाई तत्कालीन पुनरावेदन अदालत, पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएपनि कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए ।



