पर्सा निर्वाचन क्षेत्र नं १ का नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसिया कै सहभागीमा Youth in Federal Discourse संस्थाले “नीति निर्माणमा युवा सहभागिता” शीर्षकमा आज (फागुन ७ गते) राति ८ बजेदेखि ९ बजेसम्म अनलाइन डिस्कोर्स कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम Google Meet मार्फत सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार (CA) अजय चौरसियाले नीति निर्माण प्रक्रिया, विकासका प्राथमिकता तथा आफ्नो कार्ययोजनाको ब्लुप्रिन्टबारे प्रस्तुति दिनेछन्।
साथै युवाहरूलाई नीति निर्माणमा सक्रिय सहभागिता जनाउन र सुझाव प्रदान गर्न आह्वान गरिएको छ।
यस अनलाइन अन्तरक्रियामा सहभागी युवाहरूले आफ्नो क्षेत्रका समस्या, भ्रष्टाचार, बेथिति, विकास अभाव लगायत विषयमा प्रत्यक्ष रूपमा उम्मेदवारसँग प्रश्न–उत्तर तथा सुझाव आदान–प्रदान गर्न सक्नेछन्। आयोजकका अनुसार कार्यक्रमले युवाहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरूले आयोजकद्वारा उपलब्ध गराइएको अनलाइन दर्ता लिंकमार्फत अग्रिम दर्ता गर्न सक्नेछन्।
मिति: २०८२ फागुन ७ (१९ फेब्रुअरी)
समय: राति ८:००–९:०० बजे
माध्यम: Google Meet (Online)
आयोजकले पर्सा–१ का युवाहरू तथा सरोकारवालालाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।



