काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ ।



