काठमाडौं । सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ । आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
