१९ पौस वीरगंज । जेनजी पर्साका संयोजक बिशेष साहको संयोजक मा सल्लाहकार राजा गुप्ताको विशेष पहलमा आज रास्वपा र उज्यालो नेपाल पार्टी बिच पर्सामा राजनीतिक समन्वय तथा सहकार्य को पहिलो चरणको सकारात्मक छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्त लगायत दुबै पार्टीका नेता कार्यकर्ता राजनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा वर्तमान राजनीतिक अवस्था, आपसी समन्वय, तथा आगामी कार्ययोजना र निर्वाचन रणनीति सम्बन्धी विषयमा गहन विचार–विमर्श गरिएको हो।
उक्त कार्यक्रम जेनजी पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको जनाइएको हो ।
कार्यक्रममा जेन्जी पर्साका संयोजक बिशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी फागुन २१गते हुने निर्वाचनमा सकारात्मक र परिवर्तनमुखी बाटो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाको सहभागिता, आपसी समझदारी र साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कार स्थापना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
