महोत्तरी । हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेसँगै जिल्लाका १५ वटै पालिकाले विद्यालयमा बिदा दिने निकालेका छन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले जाडो बिदाको सूचना हिजो बेलुकी नै निकालेका छन् । पाँच दिनसम्म विद्यालय बन्द गर्ने भएका छन् ।
यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर शुरू भएलगत्तै गत मङ्गलवार नै बिदाको सूचना जारी गरेका थिए ।
बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको भनाइ छ । जिल्लाका झन्डै सबै भेगमा पछिल्लो एक हप्तायता बाक्लो हुस्सुले ढाक्दै आएको छ ।
पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।
यस्तै, हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेपछि सप्तरीका दुईवटा पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजगढ गाउँपालिकाले बालबालिकाको स्वास्थ्य अवस्थालाई बिचार गर्दै हिउँदे बिदामा मिलान हुने गरी हिजोदेखि पुस १८ गतेसम्म विद्यालय बन्द गरेको छ ।
यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आज एक निकाल्दै आजदेखि लागू हुनेगरी ५ दिन बिदा दिइएको जानकारी दिनुभयो ।
नगरपालिका अन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ । केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेशको जनजीवन प्रभावित भएको छ ।
तत्कालीन समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका कारण आन्दोलनका क्रममा भएका निर्णय र सुरक्षा संयन्त्रको परिचालनबारे स्पष्ट पार्न लेखक आयोगमा जान लाग्नुभएको हो । आयोगले सुरुमा पुस १३ गतेकै लागि समय तय गरे पनि लेखक सोमबार दिउँसो १२ बजे मात्र आयोगको कार्यालय पुग्ने उहाँको सचिवालयले स्पष्ट पारेको छ ।
यसअघि बयानका लागि जाने वा नजाने भन्ने विषयमा उहाँले पार्टीका शीर्ष नेतृत्व र कानुनी विज्ञहरूसँग घनिभूत परामर्श गर्नुभएको थियो । पार्टी बैठकमा समेत नेताहरूले आयोगको गरिमालाई सम्मान गर्दै बयान दिन जानु उपयुक्त हुने सुझाव दिएपछि उहाँले यसअघि नै आफू आयोगको काममा सहयोग गर्न तयार रहेको सार्वजनिक जानकारी गराइसक्नुभएको थियो ।
बयान प्रक्रिया सकिएलगत्तै लेखकले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ । पत्रकार सम्मेलनमार्फत उहाँले आयोगमा राखेका कुराहरू र आन्दोलनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा गृहमन्त्रीको हैसियतमा उहाँको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला हुन लागेको यो बयान र त्यसपछिको पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
