काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ। आज एक तोला सुनको मुल्य रु दुई लाख ४३ हजार निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ।
