काठमाडौं । आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुन तोलामा ६ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
