काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताउनुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाए को समेत दावी गर्नुभयो ।
१८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न नसकेको अवस्थामा ठूला दल एक ठाँउ आएपनि यसलाई अघि बढाउन सफल भएको उहाले बताउनुभयो । उहाले सरकार स्थीर नहुदा त्यसको असर प्रदेशमा समेत परेकाले ठूला दलले समाधान दिन खोजेको उल्लेख गर्नुभयो ।
अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प रहेकाले यसको बिकल्प खोज्न उचित नहुने उहाले बताउनुभयो । उहाले अहिलको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन खोजिएको समेत उल्लेख गर्नुभयो ।



